२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गर्यो ऋणपत्र निष्कासन


सञ्चार डबली
  • मंगलबार, फागुन १ २०८०
  • 10.3K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गर्यो ऋणपत्र निष्कासन


    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ। यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १५ गतेसम्म खुला रहनेछ। 

    यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ।  यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गरेको हो। सोमध्ये बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई १६ लाख १६ हजार इकाई बिक्री गर्ने भएको छ। बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि खुला भएको छ। यसमध्ये सामूहिक लगानी कोषहरुका लागि भने ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र छुट्याइएको छ। 

    नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको ‘१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०’ जारी गरेको हो।यसमा वार्षिक १० प्रतिशतका दरले ब्याजदर दिने बैंकले जानकारी दिएको छ। बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ। यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend