२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

रेडियो कार्यक्रमबाट चिनजान कुमार–प्रमीलाको ‘अवैध प्रेमकथा’ : विवाह गर्न दबाबपछि हत्यासम्म पुगेर अन्त्य भयो


सञ्चार डबली
  • सोमबार, माघ २९ २०८०
  • 12.9K
    SHARES

  • images
    रेडियो कार्यक्रमबाट चिनजान कुमार–प्रमीलाको ‘अवैध प्रेमकथा’ : विवाह गर्न दबाबपछि हत्यासम्म पुगेर अन्त्य भयो

    २०८० माघ २९ गते १८

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ९ गौशाला रुन्चे डाँडास्थित सिरहा-धनुषा होटल एण्ड लजमा माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको पाइएको छ । प्रमीला दमाई र कुमार श्रेष्ठको चिनाजान पुरानै हो । रामेछाप लिखु तामाकोशी ५–कि २८ वर्षीया प्रमीला श्रीमान्सँगै गौशालामा बस्दै आएकी थिइन् । सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे जानकारी गराएको हो । 

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले हत्यामा संलग्न आरोपमा दोलखा वैद्येश्वर गाउँपालिका-७ घर भई वैदेशिक रोजगारीका लागि विदेश गएर फर्किएका ३८ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको बताए । 

    एसएसपी खत्रीका अनुसार प्रमिला र कुमारबीच दोलखाको मेरो साथी भन्ने रेडियो कार्यक्रम मार्फत चिनजान भएको थियो । दुवै विवाहित रहेको प्रहरीले बताएको छ । उनीहरु एक वर्षदेखि प्रेम सम्बन्धमा थिए ।  कुमार र प्रमीलाले कैयौँपटक काठमाडौंको विभिन्न होटलमा पुगेर रात बिताएका पाइएको प्रहरीले जानकारी दियो ।

    शुक्रबार पनि त्यसैको निरन्तरताका लागि कुमार र प्रमीला गौशाला विजयचोकस्थित सिराहा–धनुषा गेष्ट हाउसको १०८ नम्बरको कोठा बुक गरेर होटल पुगेका थिए । प्रहरीको अनुसन्धानले उनीहरु राति ८ः१८ बजे होटलमा पुगेको देखिएको छ । त्यसको दुई दिनअघि मंगलबारसमेत उनीहरु त्यही कोठामा पुगेर फर्किका थिए । तर, शुक्रबार कुमारसँग रात बिताउन होटलमा बस्न पुगेका प्रमीलासँग कुमारले सधैंका लागि नभेट्ने बाचामात्रै गरेरन् । प्रमीलाको घाँटीमा डोरीले कसेर हत्या नै गरेर फर्किए ।

    पछिल्लो समय प्रमिलाले वैधरुपमै आफूसँग विवाह गर्न दबाब दिएपछि कुमारले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीको भनाई छ । होटलमा गलत पहिचान राखेर कोठा बुक गरेका कुमारलाई काठमाडौं प्रहरीको विशेष टोलीले आइतबार बुद्धनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका कुमारमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend