२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १६ प्रतिशत बोनस र ०.८४ प्रतिशत लाभांश दिने


सञ्चार डबली
  • सोमबार, माघ २९ २०८०
  • 9.1K
    SHARES

  • images
    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १६ प्रतिशत बोनस र ०.८४ प्रतिशत लाभांश दिने

    काठमाडौं, २९ माघ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड आज माघ २९ गते कम्पनीको सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा साधरणसभा सम्पन्न भएको हो ।

    सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ।व। २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्ति लगायत विषयमा निर्णय गरेको छ ।

    यस्तैगरी कम्पनीका सूचना अधिकृत दिपेश वाबु तिवारीका अनुसार कम्पनीले शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर र ०.८४ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पनि पारित गरको छ । यस्तै, पूँजी वृद्धि गर्ने  तथा  प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पनि पारित गरेको छ ।

    वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट निर्विरोध निर्वाचित सञ्चालकहरुहरु डा. भिष्म कार्की, दिवेश लोहनी रहेका छन् । यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी रु. ४ अर्व ६४ करोड पुरा भएको कम्पनीले जनाएको छ । 

    वार्षिक साधारण सभामा शेयरधनीहरुले राखेका जिज्ञासाहरु उपर कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुले जवाफ दिएका थिए । यस उपलक्ष्यमा कम्पनीलाई यहाँसम्म पु¥याउन सहयोग गर्ने बिमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, शेयरधनीहरु, कर्मचारी, पत्रकारलगायतलाई धन्यवाद ज्ञापन गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend