२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आइएमई बैंकको आवास योजना, १० वर्षसम्म ९.९९ प्रतिशत स्थिर ब्याज दरमा घर कर्जा


सञ्चार डबली
  • सोमबार, माघ २९ २०८०
  • 7.4K
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकको आवास योजना, १० वर्षसम्म ९.९९ प्रतिशत स्थिर ब्याज दरमा घर कर्जा

    सोमवार, माघ २९ २०८०
    काठमाडौँ । ग्लोबल आइएमई बैंकले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रूपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ।

    बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित निश्चित आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो। साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाले सहज रूपमा कर्जा सार्न समेत सक्नेछन्।

    यस विशेष घर कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रूपैयाँसम्म घर कर्जा लिन पाउनेछन्।

    बैंकले ग्राहकलाई छिटो, छरितो एवम् सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यले आवश्यक कागजातहरू पेस गरेको २ कार्य दिनभित्र कर्जा प्रवाह गर्नेछ।ग्राहकहरूले देशैभरकै ७७ वटै बैंकका ३५६ वटा शाखाहरूबाट यो सुविधा उपभोग गर्न सक्नेछन्। यो योजना सीमित अवधिका लागि रहने बैंकको भनाइ छ।

    बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend