२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ


सञ्चार डबली
  • सोमबार, माघ २९ २०८०
  • 6.9K
    SHARES

  • images
    जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ


    काठमाडौं । शंखरापुर नगरपालिका–७ साँखुस्थित सोही नगरपालिका–१ नाङलेभारे घर भएका ३७ वर्षीय प्रकाश लामिछानेको बज्रयोगिनी वर्क शप एण्ड रि कन्डिसनमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

     यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–८ कंचन बस्तीस्थित रिङ कारखानामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७५ वर्षीय केपी गुरङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ८ सय ३० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend