२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सबै मिलेर आर्थिक अपराध विरुद्ध लड्न आवश्यक छ :  मन्त्री गुरुङ


सञ्चार डबली
  • सोमबार, माघ २९ २०८०
  • 10.6K
    SHARES

  • images
    सबै मिलेर आर्थिक अपराध विरुद्ध लड्न आवश्यक छ :  मन्त्री गुरुङ


    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक अपराधको नियन्त्रणले मात्र राज्यलाई सहि दिशा दिने बताएका छन् ।  सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सम्पति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रर्वद्धन सम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले सबै मिलेर आर्थिक अपराध विरुद्ध लड्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘आर्थिक अपराध नियन्त्रण नेपालमा प्रमुख चासोको रुपमा रहदै आएको छ । गम्भीर प्रकृतिका सिमापार आर्थिक अपराधको नियन्त्रणले मात्र राज्यलाई सहि ढंगले अगाडि बढाउनुपर्छ भन्ने हामी सबैलाई महसुस भएको छ । सबै मिलेर यस्ता अपराधविरुद्ध लड्न आवश्यक छ । यसका लागि राज्यको कठोर नीति तथा कानून आवश्यक छ ।’

    नेपालको विकासका लागि विदेशी लगानी जति आवश्यक छ त्यतिनै मुलुकको वित्तिय कानूनको समेतमा आवश्यकता रहने उनको भनाई थियो । राष्ट्रिय सभामा प्रस्तुत गरिएको सम्पति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकले हुन्डी क्रिप्टो करेन्सी, मानव तस्करी, आतंककारी जस्ता कार्यलाई कसुर कायम गर्नेगरि प्रस्ताव गरेको बताउँदै छानविन गर्दा राज्यको राजस्व छली गरे नगरेको थाहा हुने बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend