२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

त्रिवि उपकुलपति नियुक्ति प्रक्रिया कानुन अनुसार छ : शिक्षा राज्यमन्त्री


सञ्चार डबली
  • सोमबार, माघ २९ २०८०
  • 10.5K
    SHARES

  • images
    त्रिवि उपकुलपति नियुक्ति प्रक्रिया कानुन अनुसार छ : शिक्षा राज्यमन्त्री

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट नियम संगत भएको दाबी गरेकी छन् । आज बसेको संसदको शिक्षा समितिको बैठकमा उनले नियमसंगत त्रिविको उपकुलपति छनोट गरिएको दाबी गरेकी हुन् । 

     उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा गठित सिफारिस समितिमा कसैका विरुद्ध उजुरी नपरेको उनले जानकारी दिइन् । समितिले मन्त्री राईलाई बोलाए पनि राज्यमन्त्री कुमारी गएकी हुन् । 

     उपकुलपतिका लागि दरखास्त माग गर्दा परेको ४३ जनाको आवेदनमध्ये १४ जनाको सर्टलिस्ट सार्वजनिक गरिएको छ । सर्टलिस्टमा परेका १४ जनामध्ये केही व्यक्तिको नाममा विवादमा परेपछि समितिले सोमबार शिक्षामन्त्री राईलाई डाकेको थियो । तर,समिति बैठकमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारी उपस्थित भएकी हुन् । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend