२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सोनापुर मिनरल्सद्वारा दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित


सञ्चार डबली
  • सोमबार, माघ २९ २०८०
  • 7.6K
    SHARES

  • images
    सोनापुर मिनरल्सद्वारा दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित


    काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA)  ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको नोक्सानीमा रहेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    आम्दानी घटेसँगै कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो।समीक्षा अवधिमा कम्पनीको आम्दानी ५९.२१ प्रतिशत घटेको छ भने कुल नाफा ७७.०८ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्म २५ करोड ७३ लाख रुपैयाँ धनात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षमा १ करोड १४ लाख रुपैयाँ ऋणात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ३६.७९ प्रतिशत घटेको छ।

    पुस मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ। ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ३० करोड ५७ लाख रुपैयाँ सञ्चित छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend