२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

विमानस्थल घटनाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्छौं  : गृहमन्त्री श्रेष्ठ


सञ्चार डबली
  • आइतबार, माघ २८ २०८०
  • 7.8K
    SHARES

  • images
    विमानस्थल घटनाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्छौं  : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । 

    आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सो घटनाबारे छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदनअनुसार दोषीलाई कारबाही गरिने जानकारी दिएका हुन् । विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको झगडा  लज्जास्पद भएको बताउँदै उनले दोषीलाई कारबाही गरिने दोहोर्‍याएका हुन् । 

    घटना भएलगत्तै अपराध अनुसन्धानले छानबिन गरेको पछि काठमाडौं परिसरबाट अभियोजनको प्रक्रिया अघि बढेको जानकारी दिँदै बैठकमा गृहमन्त्री श्रेष्ठले भने, ‘घटना दुःखद हो, प्रतिवेदनअनुसार कारबाही अघि बढाउँछौँ ।’ घटना भएलगत्तै छानबिन गर्न समिति गठन गरिएको उनको भनाइ छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend