२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 दोहोरो अंकले घट्यो नेप्से परिसूचक


सञ्चार डबली
  • आइतबार, माघ २८ २०८०
  • 7.7K
    SHARES

  • images
     दोहोरो अंकले घट्यो नेप्से परिसूचक


    काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज  १०.५० अंकले घटेको सेयर बजार २०८५.८२ विन्दुमा पुगेर बन्द भएको छ । आज दिनभरिमा ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीकै शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, एनआरएनको १२ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ९ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ८ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कुथेली बुखरीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । 

    त्रिशुली जलविद्युतका लगानीकर्ताले ६ दशलमव ७१ प्रशिततका दरले कमाएका छन् । दोर्दी खोलाका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै एनआइसी एशिया ग्रोथ फण्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रशिततका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend