२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

ललितपुरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु

घरको तिन तलाबाट हाम्फालेको आमाको पनि उपचारको क्रममा मृत्यु  


सञ्चार डबली
  • आइतबार, माघ २८ २०८०
  • 8.8K
    SHARES

  • images
    ललितपुरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु

    आइतबार, माघ २८, २०८०
    काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका- ४ स्थित इमाडोल ओचुहाइटको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।
        
    जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत भेटिएका ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको शनिबार साँझ मृत्यु भएको जानकारी दिए ।

    ती बच्चाकी आमा रविना महर्जन घरको तिन तलाबाट हाम्फालेपछि प्रहरीले उद्धार गरेको थियो । तर, उपचारको क्रममा उनको किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले बताए । आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको ज्यान गएको र आमा गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

    घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend