२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

संविधान र कानुन विपरीत राज्यलाई दोहन गर्ने जोकोहीलाई कारवाहीमा ल्याइनेछ : गृहमन्त्री


सञ्चार डबली
  • शुक्रबार, माघ २६ २०८०
  • 8.7K
    SHARES

  • images
    संविधान र कानुन विपरीत राज्यलाई दोहन गर्ने जोकोहीलाई कारवाहीमा ल्याइनेछ : गृहमन्त्री

    काठमाडौं ।  राज्यको जुनसुकै पहुँचमा रहेर संविधान र कानुन विपरीत राज्यलाई दोहन गर्ने जोकोहीलाई कारवाहीमा ल्याउने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । शुक्रबार अध्यागमन विभागको ई–भिसा, अफिस स्वचालन, अनलाइन भुक्तानीको शुभारम्भ कार्यक्रममा उनले राज्यको पहुँचमा रहेको शक्तिशाली वर्ग, राजनीतिक दलका नेता र तीनलाई परिचालन गर्ने व्यक्तिहरू जोकोही भएतापनि संविधान र कानुन विपरीत राज्यलाई लुट्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् । 

    उनले भने, ‘स्वभाविक रुपमा सम्पत्तिशाली वर्ग जो राज्यको पहुँचमा छ । सरकारमा एक वा अर्को पटक सहभागी भएको छ । राजनीतिक दलका नेता तीनलाई परिचालन गर्ने व्यक्तिहरू जोकोहीले पनि संविधान र कानुनको खिलाफ जालसाजी र ठगी गर्ने वा राज्यलाई लुट्ने जति कामहरू भएका छन, तीनका विरुद्धमा गृह मन्त्रालय कार्यक्षेत्रको सिमा भित्र रहेर कारवाहीका लागि निरन्तर अगाडि बढाउने छौं । विश्राम लिने छैनौ ।’

    उनले दोषीलाई कारबाहीको प्रक्रियामा विभिन्न राजनीतिक दल, संघ संगठनहरुबाट हस्तक्षेप हुने गरेको गुनासो गरे । गृहमन्त्री श्रेष्ठले अध्यागमनलाई राज्यले सुशासनको प्रक्रियामा अगाडि बढ्न खोज्दा त्यसमा बाँधा पु¥याउन पाइँदैन भनी खबरदारी गरिदिन आग्रह गरे । 

    उनले छिटै राष्ट्रिय परिचय पत्रलाई अन्य सेवासँग एकीकृत गरेर जाने प्रक्रियापनि अगाडि बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायबाट हुने सेवा प्रवाहलाई पनि सरल सहज र जनमुखी ढङ्गले बनाउनका निम्ति पहलकदमी गरिरहेको जानकारी दिए । ई–भिसा, अफिस स्वचालन, अनलाइन भुक्तानीको शुभारम्भले गृह प्रशासनको सुधार कार्ययोजना अन्तर्गत नै अध्यागमनले फड्को मारेको उनको विश्वास छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend