२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

एकैदिन रोकियो चार जोडीबीच हुन लागेको बालविवाह


सञ्चार डबली
  • शुक्रबार, माघ २६ २०८०
  • 7.5K
    SHARES

  • images
    एकैदिन रोकियो चार जोडीबीच हुन लागेको बालविवाह


    काठमाडौं । मकवानपुरमा एकैदिन चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ । बिहीबार एकैदिन चार बालविवाह रोकिएको बालहेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए । कैलाश गाउँपालिका–३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका–३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो ।

    मनहरी गाउँपालिका–४ की १५ वर्षीया बालिका र हेटौंडा–३ बसामाडीका १८ वर्षीय युवकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ । मकवानपुरगढी गाउँपालिका–२ की १८ वर्षीया र हेटौंडा–१७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको ज्ञवालीले जानकारी दिए । बालविवाह हुन लागेको सूचना प्राप्त भएपछि अनुगमन गर्दा बालविवाह रोक्न सफल भएको उनले बताए ।

     १३, १४, १५ र १८ वर्षीय बालबालिकालाई थप परामर्शका लागि बाल हेल्पलाइन मकवानपुरको संरक्षणमा राखिएको बाल हेल्पलाइन कार्यक्रम अधिकृत सम्झना अधिकारी जानकारी दिइन् । जनप्रतिनिधि, अभिभावक, बालबालिका र बाल हेल्पलाइन मकवानपुर, हिमराइट्स् मकवानपुर र प्रहरीको संयुक्त टोलीले बालविवाह रोकेका हुन् । कानुनी प्रावधानबमोजिम २० वर्ष पूरा भएपछि मात्र विवाह गर्ने प्रतिवद्वता बालबालिकाले व्यक्त गरेका छन् । अभिभावकले पनि बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

    सबभन्दा बढी कैलाश र राक्सिराङमा बालबालिका हुने गरेको ज्ञवालीले बताए । यातायात र सञ्चार पहुँच नहुँदा बालविवाह ती पालिकामा बढी हुने गरेको उनको भनाइ छ । अध्ययन तथा अनुगमन भए पनि एउटै बुझाइ नहु“दा बालविवाह रोक्न सकिएको छैन । जनप्रनितिनिधि र बालहेल्पाइनको सहयोग र समन्वय भए बालविवाह न्यूनीकरण गर्न सकिने उनले बताएका छन् ।

     जनप्रतिनिधिले प्राथमिकता भौतिक पूर्वाधार विकासस“गै सामाजिक गतिविधिलाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन् । आव २०७९–०८० मा कैलाश गाउ“पालिकामा ४ वटा बालविवाहमध्ये २ बालविवाह रोक्न सफल भएको छ । जसमा २ वटा बालविवाह रोक्न असफल भएका छन् । राक्सिराङमा ५ बालविवाहमध्ये ३ बालविवाह रोक्न सफल भएका छन् भने २ बालविवाह रोक्न असफल भएका छन् ।

     मनहरीमा १२ बालविवाहमध्ये ९ बालविवाह रोक्न सफल भएका छन् भने ३ बालविवाह रोक्न असफल भएका छन् । मकवानपुर जिल्लामा भएका ५० बालविवाहमध्ये ४४ बालविवाह रोक्न सफल भएको छ भने ६ वटा बालविवाह रोक्न असफल भएका छन् । बिकट क्षेत्र राक्सिराङ र कैलाशमा अनुगमन कम हु“दा कम तथ्यांक आएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend