२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन


सञ्चार डबली
  • शुक्रबार, माघ २६ २०८०
  • 8.1K
    SHARES

  • images
    राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन निर्देशन दिएका छन् । शुक्रबार विहान सिंहदबारमा बसेको मुल समारोह समितिको बैठकमा प्रधानमन्त्री दाहालले जहानियाँ राणा शासनको अन्त्य भएर जनताको शासन स्थापना भएको दिनकोरुपमा प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन निर्देशन दिए ।

    बैठकले ७ प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा समेत राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने प्रबन्ध गर्न आग्रह गरेको छ । प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा, जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा र स्थानीय तहमा मेयर वा अध्यक्षको संयोजकत्वमा मुल समारोह समिति गठन गरी दिवस मनाउने प्रबन्ध गर्न आग्रह गर्ने बैठकको निर्णय छ । बैठकले फागुन ६, ७ र ८ गते विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।

    दिवसमा विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क÷स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयका छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्ज्वलन गर्ने बैठकको निर्णय छ ।

    दिवसमा रक्तदान, शैक्षिक सामाग्री वितरण जस्ता सिर्जनात्मक कार्य गर्न समेत बैठकले आग्रह गरेको छ । नेपाली सेनाद्वारा सैनिक मञ्च, टुडिँखेलमा बिहान सूर्योदयसँगै विगुल (रिभ्याली) बजाउने तथा तोप र बन्दुकको बढाईं गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कीत व्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend