२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?


सञ्चार डबली
  • शुक्रबार, माघ २६ २०८०
  • 8.2K
    SHARES

  • images
    बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कोषको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कोषले ५४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषको यस्तो नाफा ५१ करोड ३२ लाख रुपैयाँ थियो।

    आम्दानी बढेसँग कोषको खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा कोषको ब्याज आम्दानी ८.०७ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १२.०९ प्रतिशत बढेको छ। त्यसैगरी, कोषको कुल आम्दानी १०.८१ प्रतिशत बढेको छ भने कुल खर्च ३१.०२ प्रतिशत बढेको छ।

    नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी ३ रुपैयाँ ६० पैसा घटेर २० रुपैयाँ ५५ पैसामा सीमित भएको छ। कोषको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०७.७८ गुणा रहेको छ। ५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा २४ अर्ब ४१ लाख रुपैयाँ सञ्चित छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend