२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

कांग्रेसको काठमाडौं जिल्ला सम्मेलन आज, शीर्ष नेताहरूले सम्बोधन गर्दै


सञ्चार डबली
  • शुक्रबार, माघ २६ २०८०
  • 9.5K
    SHARES

  • images
    कांग्रेसको काठमाडौं जिल्ला सम्मेलन आज, शीर्ष नेताहरूले सम्बोधन गर्दै


    काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको जिल्ला सम्मेलन आज हुँदैछ । सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभागृहमा विहान साढे १० बजेबाट हुने कार्यक्रममा काठमाडौंका दस वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू सहभागी हुनेछन् ।

    सम्मेलनले जिल्लामा संगठनको अवस्था, सुधार गर्नुपर्ने पक्षहरू र पार्टीको भावी रणनीतिका विषयमा छलफल गरी निर्णयहरू गर्ने जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले जानकारी दिए । उनका अनुसार उद्घाटन सत्रपछि आजै बन्द सत्र समेत हुनेछ । सम्मेलनमा महामन्त्री गगन थापा र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित काठमाडौंका नेताहरूले सम्बोधन गर्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend