२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सामान्य अंकले बढ्यो नेप्से परिसूचक


सञ्चार डबली
  • बिहीबार , माघ २५ २०८०
  • 8.2K
    SHARES

  • images
    सामान्य अंकले बढ्यो नेप्से परिसूचक


    काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार ५.७४ अंकले बढेको सेयर बजार २०९६.३८ विन्दुमा पुगेर बन्द भएको छ ।  आज १५७ कम्पनीको शेयर मुल्य बढेको छ भने ८२ कम्पनीको शेयर मुल्य घटेको छ ।

    आज दिनभरिमा ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २१ करोडमाथिको शेयर कारोबार भएको छ । आज पनि सबैभन्दा धेर हिमालयन लाइफको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, चन्द्रगिरी हिल्सको ८ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ७ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रप पावरको ७ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । त्रिसुली जलविद्युतका लगानीकर्ताले ९ दशलमव ८४ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ दशलमव ९७ प्रशिततका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend