२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बलात्कार आरोपमा तीनजना पक्राउ


सञ्चार डबली
  • बिहीबार , माघ २५ २०८०
  • 7.6K
    SHARES

  • images
    बलात्कार आरोपमा तीनजना पक्राउ


    काठमाडौं । भोजपुर, झापा र भक्तपुरबाट बलात्कार आरोपमा तीनजना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  भोजपुरको षडानन्द नगरपालिका–१ मिलन चोक बस्ने ३५ वर्षीय राजेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

     कार्कीले ती महिलालाई पुस ७ गते दिउँसो सोही नगरपालिका–१ स्थित सार्वजनिक चप्लेटी ढुङ्गामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

     २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  झापाको कन्काई नगरपालिका–२ सुकुम्बासी टोल बस्ने ५५ वर्षीय लोक बहादुर सार्कीलाई  प्रहरीले पक्राउ गरेको छ । सार्कीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

     १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने २४ वर्षीय सुबेन्द्र लिगललाई प्रहरीले पक्राउ गरेको छ । लिगलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend