२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 कुहिने र नकुहिने फोहोर संकलन गर्न बिन राख्दै काठमाडौं महानगर 


सञ्चार डबली
  • बिहीबार , माघ २५ २०८०
  • 6.7K
    SHARES

  • images
     कुहिने र नकुहिने फोहोर संकलन गर्न बिन राख्दै काठमाडौं महानगर 


    काठमाडौं । काठमाडौं महानगरपालिकाल सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेका कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने भएको छ । जसका लागि महानगरले एक हजार ९ सय ५० सेट फोहोर संकलन बिन राख्न लागेको छ । एउटा सेटमा दुईवटा बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो । 

    महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, ‘उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो । स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुन्छ ।’ महानगरपालिका सबै ठाउँमा एकै पटक काम गर्दा परिणाम हाँसिल गर्न  कठिन हुने भएकोले नमूनाका रुपमा महानगरको वडा नम्बर २७ बाट वर्गीकरण भएको फोहोर मात्र संकलन गर्न लागेको श्रेष्ठले जानकारी दिए ।

    ‘हामीले घरदैलो कार्यक्रममार्फत उत्पादकलाई वर्गीकरण विधिमा सचेत गराउँदैछौँ’ । छुट्टिएको फोहोर छुट्टाछुट्टै संकलन गर्न रङ्ग संकेतसहितको सवारी साधन तयारी गरिसकेका छौँ । घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गर्न लागेका हौँ ’ श्रेष्ठले भने । 

    महानगरले राख्न लागेको सेटहरू दुई प्रकारका हुन्छन् । पहिलो खाले सेट सानो आकारको र त्यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । १ दशमलव २ मिटर उचाइ, १ दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन् । यसमा राखिने स्ट्याण्डको मुल्य ५ हजार १५० रुपैयाँ र डस्टबिन प्रतिगोटा मुल्य २ हजार ९५० रुपैयाँ हो । यस्ता बिन सार्वजनिक स्थलमा तीनसय सेट राखिनेछन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend