२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 तेस्रो लगानी सम्मेलन आगामी बैशाख १६ र १७ गते गर्दै सरकार


सञ्चार डबली
  • बिहीबार , माघ २५ २०८०
  • 14.5K
    SHARES

  • images
     तेस्रो लगानी सम्मेलन आगामी बैशाख १६ र १७ गते गर्दै सरकार


    काठमाडौं । सरकारले आउने बैशाख १६ र १७ गते दुई दिन तेस्रो लगानी सम्मेलको आयोजना गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बिहीबार लगानी सम्मेलनको मिति तय गरेको बताए । बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल भएको थियो ।तेस्रो लगानी सम्मेलन २०८१ (निर्देशक समितिको तेस्रो बैठक) मा अर्थमन्त्री महतले लगानी सम्मेलन बैशाख १६ र १७ गते दुई दिन गर्न लागेको र त्यसका लागि आवश्यक लगानीयोग्य आयोजनाहरु तयारी गर्न गठित उपसमितिलाई तयारीलाई तिब्रता दिन आग्रह गरे । 

    नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाहरूको तयारी गर्न महतले निर्देशन दिए । अर्थमन्त्री महतले भने, ‘मौजुता कानून नीति र संरचनागत सुधारको विषय सन्दर्भमा आवश्यक सुुझावलाई समेत मध्यनजर गर्दै परिमार्जनसहित पासगर्ने तथा लगानीयोग्य आयोजनाहरु तयारी गर्न गठित प्राविधिक उपसमितिलाई निर्देशन गर्ने ।’ 

    यस्तै सम्मेलनलाई लिएर सरकार लचिलो बन्ने अर्थमन्त्री महतले बताए । ‘लगानीकर्तालाई यो वा त्यो नाममा कन्डिसन नराख्ने बताएका उनले युएईको कर होलिडे जस्तै माहोल नेपालमा बनाउन सक्नुपर्ने भन्दै थपे, ‘त्यस्तै किसिमको माहोल हामीले नेपालमा बनाउन सक्छौं । अहिले अन्तर्राष्ट्रिय आकर्षण पनि बढेको अवस्थालाई हामीले ग्राब गर्नुपर्छ ।’सम्मेलनलाई लिएर विदेशीलाई मात्र नभई आन्तरिक निजी लगानीकर्तालाई पनि उत्साहित गर्नेगरी आफूहरुले आवश्यक कानून परिमार्जनलाई तिब्रता दिने मन्त्री महतको भनाई छ । 


    ‘सम्मेलन विदेशी लगानीकर्ताको लागि मात्रै नभएर नेपाली लगानीकर्तालाई पनि हामीले उत्साहित गर्न जरुरी छ । कानूनदेखि लिएर अरुखाले सुधार गरेर अघि बढ्नुपर्ने छ । त्यसै सन्दर्भमा मौज्जुदा नीतिगत कानूनी संरचनागत एवं प्रकृयागत व्यवस्थामा सुधार गर्ने विषयमा यहाँ भएको प्रस्तुति महत्वपूर्ण छ । यसमा विषयगत कुरालाई मन्त्रिज्युहरुले थप्न पाएनौ भन्नुभएको छ, सबैले छुटेका र सुधार गर्नुपर्ने कुरा समेटेर यो महिनाभित्र स्पष्ट रुपमा पठाउनुहोस हामीले त्यसमा छलफल गरेर निष्कर्षमा पुग्छौं र प्रधानमन्त्रीलाई बुझाउँछौं’ मन्त्री महतले भने । 

    मन्त्रालयले सम्मेलनलाई लिएर आयोजनाहरु छनोट गर्न उपसमिति नै गठन गरेको छ । उपसमितिले छनोट गरेका आयोजनाबारे बैठकमा जानकारी लिएपछि महतले उक्त छानिएको  आयोजनाहरुमाथि थप छलफल गरी परिमार्जित गर्ने र समम्मेलनका लागि अन्तिम रुप दिएर लैजाने तयारी सरकारले गरेको महतले जानकारी दिए ।  

    लगानी सम्मेलनलाई सफल र उपलब्धीपूर्ण बनाउन सरकार लागेको बताएका उनले सरकारले तयारी गर्न छाति फराकिलो बनाउने बताए । बाह्य लगानीसँगै आन्तरिक लगानीको वातावरण बनाउनेमा उनको जोड छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend