२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सामुदायिक लघुवित्त ३ करोड ९९ लाख नोक्सानमा


सञ्चार डबली
  • बिहीबार , माघ २५ २०८०
  • 8.9K
    SHARES

  • images
    सामुदायिक लघुवित्त ३ करोड ९९ लाख नोक्सानमा


    काठमाडौं । सामुदायिक लघुवित्तले करिब ४ करोड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नोक्सानी व्यहोरेको छ । लघुवित्तलाई ३ करोड ९९ लाख ८९ हजार रुपैयाँको घाटा भएको छ ।गत वर्ष पनि यस लघुवित्तले नोक्सानी व्यहोर्नु परेको थियो । जसअनुसार अघिल्लो वर्षको यसैअवधिमा यसको नोक्सानी ३१ लाख ७२ हजार रुपैयाँ थियो ।

    यसैगरी सामुदायिक लघुवित्तको खराब कर्जा चुलिंदा यसको नोक्सानी अनुपात थप बढेको हो । साथै, खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा पनि नाफामा असर परेको हो । खुद ब्याज आम्दानी १९.०५ ले घटेर ३ करोड ४१ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ ।

    यसअवधिमा यसले १९ करोड २५ लाख ८८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोर्न परेको छ । गत वर्ष ९.०४ प्रतिशत रहेको खराब कर्जा यो वर्ष १४.६५ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ०८ पैसा ऋणात्मक छ । चुक्ता पुँजी १४ करोड ५२ लाख रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend