२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

नापी कार्यालयका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ


सञ्चार डबली
  • बिहीबार , माघ २५ २०८०
  • 8.1K
    SHARES

  • images
    नापी कार्यालयका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ


    काठमाडौं । सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित नापी कार्यालय कलंकीका सर्भेक्षक र अर्का एक लेखापढी व्यवसायी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार नापीका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र उनीसँग मिलेमतो गर्ने लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई पक्राउ गरेको हो ।

    दुई जना मिलेर जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो । चौलागाई र पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend