२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 सामान्य अंकले बढ्यो नेप्से परिसूचक


सञ्चार डबली
  • बुधबार, माघ २४ २०८०
  • 9.3K
    SHARES

  • images
     सामान्य अंकले बढ्यो नेप्से परिसूचक


    काठमाडौं । बुधबार पनि शेयर बजारमा सामान्य वृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशलमव ९२ अंकले बढेर २,०९० को विन्दुमा कायम भएको छ । आज १६८ कम्पनीको शेयर मुल्य बढेको छ भने ६८ कम्पनीको शेयर मुल्य घटेको छ ।

    आज दिनभरिमा ३१३ कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीकै कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ६ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त, बुद्धभुमी हाइड्रोपावर, इष्र्टन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ दशलमव २५ प्रतिशतका दरले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend