२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ब्याज घटाएसँगै शेयर कर्जा धितो पनि बढ्यो


सञ्चार डबली
  • बुधबार, माघ २४ २०८०
  • 8.5K
    SHARES

  • images
    ब्याज घटाएसँगै शेयर कर्जा धितो पनि बढ्यो


    काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज घटाएसंगै ठूला आकारका सेयर धितोकर्जा पनि बढेका छन् । ब्याजदर घटेपछि सेयर लगानीकर्ताको मनोबलमा सुधार आएकाले पुँजी बजारको लगानी बढाउन कर्जा लिने क्रम बढेको हो ।

    वित्तीय क्षेत्रको ब्याजदर सेयर बजारको गति विपरित हुने गर्छ । वित्तीय क्षेत्रको ब्याजदर बढ्दा सेयर बजार घट्ने र ब्याजदर घट्दा सेयर बजार बढ्ने गर्छ । चालु आर्थिक वर्षमा वित्तीय प्रणालीमा अधिक तरलतासंगै कर्जाको मागमा अपेक्षा अनुसार सुधार हुन नसक्दा ब्याजदर घटेको अवस्था छ । त्यसले गर्दा सेयर लगानीकर्ताले पुँजी बजार तर्फको लगानी बढाउन उत्प्रेरणा मिलेको हो ।

    गत आर्थिक वर्षमा अनुत्पादक क्षेत्रको लगानी घटाउने भन्दै सेयर धितो कर्जामा केन्द्रीय बैंकले कडाई गर्यो । सेयर धितो कर्जामा कडाइ गरेसंगै सेयर बजार सूचक समेत घट्यो भने कर्जामा लगानी गर्ने लगानीकर्ता समेत घट्न थाले ।

    त्यसपछि केन्द्रीय बैंकले असोज १८ गते निर्देशन जारी गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा व्यीक्तगततर्फ १५ करोड रुपैयाँ तथा धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गर्यो । त्यसले पनि सेयर धितो कर्जा बढ्नमा थप मद्दत गरेको हो ।

    सो भन्दा अघि केन्द्रीय बैंकले व्यक्तिगत तथा संस्थागत दुबैलाई कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १२ करोड रुपैयाँ तोकेको थियो । त्यसका साथै जोखिम भार समेत बढाइ १५० प्रतिशत बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend