२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सरकारले विकास निर्माणका कामहरु अवरुद्ध गर्न खोजेको छ : अमरेशकुमार सिंह


सञ्चार डबली
  • बुधबार, माघ २४ २०८०
  • 9.8K
    SHARES

  • images
    सरकारले विकास निर्माणका कामहरु अवरुद्ध गर्न खोजेको छ : अमरेशकुमार सिंह


    काठमाडौं ।  सरकारले विकास निर्माणका कामहरु अवरुद्ध गर्न खोजेको सांसद अमरेशकुमार सिंहले आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले विकासका कामहरु अर्थमन्त्री प्रकाशशरण महत, शेरबहादुर देउवा र पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै भएको भन्दै बाँकी ७४ जिल्लालाई किन बेवास्ता गरिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई प्रश्न गरे ।

    उनले भने, ‘यो सरकारमा विकास निर्माण अवरुद्ध गर्न नै खोजिएको हो । गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको भुक्तानी भएको छैन, नयाँकाम सुरु भएको छैन । काम सुरु भएको छ जम्मा तीन जिल्लामा, अर्थमन्त्रीको जिल्ला नुवाकोट, सत्ता गठबन्धनको जिल्ला डडेलधुरा र अर्को चितवन बाँकी ७४ जिल्लामा विकास निर्माण हुनुहुँदैन ? भौतिक पूर्वाधार मन्त्री यहीँ हुनुहुन्छ, सोध्न चाहन्छु ।’

    यस्तै, उनले ठेक्का लागिसकेको योजनामा पनि काम नभएको भन्दै यो देश तीन जिल्लाको मात्रै नभएको बताए । उनले भने, ‘ठेक्का लागिसकेको छ, त्यसमा काम किन नहुने ?  यो तीन जिल्लाको मात्रै यो देश हो वा तीन जनाको मात्रै यो देश हो ?  किनभने अहिले पनि २ खर्बभन्दा बढीको नुवाकोटमा, गोरखा, चितवनमा आयोजना स्वीकृत भएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend