२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दक्षिण अफ्रिकाविरुद्ध न्यूजिल्याण्ड २८१ रनले विजयी


सञ्चार डबली
  • बुधबार, माघ २४ २०८०
  • 7.7K
    SHARES

  • images
    दक्षिण अफ्रिकाविरुद्ध न्यूजिल्याण्ड २८१ रनले विजयी

    काठमाडौं । न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई पहिलो टेस्टमा २८१ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ । टेस्टको चौथो दिन ५२९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका २४७ रन मात्र बनाएपछि खेल २८१ रनले हारेको हो । यस अघि न्यूजील्याण्डले पहिलो इनिंगमा ५११ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो इनिंगमा १६२ रन बनाएको थियो ।

    त्यस्तै न्यूजील्याण्डले आफ्नो दोस्रो इनिंगमा ४ विकेट गुमाउदै १७९ रन बनाएर पारी घोषणा गरेको थियो । यो जितपछि न्यूजील्याण्डले २ खेलको टेस्ट सिरिजमा १–० ले अग्रता हासिल गरेको छ । अब दोस्रो टेस्ट फेब्रुअरी १३ देखि शुरु हुदै छ ।
      
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend