२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

अष्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर सपथ, विदेश मन्त्रीले दिइन बधाइ


सञ्चार डबली
  • बुधबार, माघ २४ २०८०
  • 9.3K
    SHARES

  • images
    अष्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर सपथ, विदेश मन्त्रीले दिइन बधाइ


    काठमाडौं । अस्ट्रेलियाको संसदमा भारतीय मूलका ब्यारिस्टर वरुण घोषले नयाँ सिनेटर बनेका छन् । नयाँ सिनेटरमा चयन भएका घोषले भागवद् गीतामा हात राखेर पद तथा गोपनियताका शपथ लिएका छन् । गीतामा हात राखेर अष्ट्रेलियामा पद तथा गोपनियताको सपथ लिने घोष यसो गर्ने पहिलो व्यक्तिसमेत हुन्।

    अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उनलाई सो कार्यका लागि बधाईसमेत दिएकी छन् । पेनी वोङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पश्चिमी अस्ट्रेलियाका हाम्रा नयाँ सिनेटर वरुण घोषलाई स्वागत छ। सिनेटर घोष भगवद गीताको सपथ लिने पहिलो अष्ट्रेलियाली सिनेटर हुन्। मैले बारम्बार भनेको छु कि जब तपाइँ केही गर्नको लागी पहिलो हुनुहुन्छ, तपाइँ निश्चित हुनुपर्दछ कि तपाइँ अन्तिम हुनु हुन्न।’

    लेबर पार्टीले घोषलाई वेस्टर्न अष्ट्रेलिया (डब्लुए) बाट प्रतिनिधित्व गर्न चयन गरेको हो । हालै फ्रान्सिस बर्ट चेम्बर्सका ब्यारिस्टर, ३८ वर्षीय घोषलाई वर्तमान सिनेटर प्याट्रिक डडसनको ठाउँमा छानिएको थियो।

    पश्चिमी अस्ट्रेलियाको विधान सभाले भनेको थियो, ‘विधानसभा र विधान परिषद्ले सिनेटर वरुण घोषलाई संघीय संसदको सिनेटमा पश्चिमी अस्ट्रेलियाको प्रतिनिधित्व गर्न निर्वाचित गरेको छ ।’

    वरुण घोषले भर्खरै आफ्नो छनोटमा भनेका थिए, ‘म राम्रो शिक्षा पाउँदा भाग्यशाली थिएँ र म दृढतापूर्वक विश्वास गर्छु कि उच्च गुणस्तरको शिक्षा र प्रशिक्षण सबैका लागि उपलब्ध हुनुपर्छ।’ अष्ट्रेलियका समाचार संस्थाहरूका अनुसार अनुसार घोष १७ वर्षको उमेरमा पर्थमा नै लेबर पार्टीमा प्रवेश गरेका थिए, जुन १८ बर्ष पछि उनी सिनेटरमा निर्वाचित भए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend