२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच विशेष छुटसम्बन्धी सम्झौतामा हस्ताक्ष


सञ्चार डबली
  • मंगलबार, माघ २३ २०८०
  • 8.6K
    SHARES

  • images
    एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच विशेष छुटसम्बन्धी सम्झौतामा हस्ताक्ष


    काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र कैलालीको धनगढी नेत्रालय प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। योसँगै बैंकका सम्पूर्ण ग्राहकले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन्। बैंकका वरिष्ठ प्रबन्धक सतिशप्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा। रविधर भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

    सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कर्मचारी र तिनका पारिवारिक सदस्यले उक्त अस्पतालबाट ओपिडी, आइपिडी, चस्मा तथा फ्रेममा १० प्रतिशतसम्म छुट पाउनेछन्। फार्मेसी तथा सर्जरी सेवामा ५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन्।

    बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दको उपस्थितिमा हस्ताक्षरित उक्त समारोहमा बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्ज्वलकुमार पोखरेलको समेत उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend