२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पछिल्लो तीन महिनामा डेढ अर्बभन्दा बढीको चिया निकासी


सञ्चार डबली
  • मंगलबार, माघ २३ २०८०
  • 8.0K
    SHARES

  • images
    पछिल्लो तीन महिनामा डेढ अर्बभन्दा बढीको चिया निकासी

     

    काठमाडौं ।  पूर्वी नाका झापाको काँकडभिट्टाबाट चालु वर्षको पछिल्लो तीन महिनामा एक अर्ब ६६ करोड रुपैयाँको चिया निकासी भएको छ ।पूर्वको प्रमुख उत्पादन मध्येको चिया कात्तिकदेखि पुस मसान्तसम्म करिब २ हजार ७ सय ६८ मेट्रिकटन निकासी भएको हो ।काँकडभिट्टास्थित प्लान्ट क्वारेनटाइन कार्यालयका अनुसार त्यति चिया निकासीबाट करिब एक अर्ब ६६ करोड ८ लाख आम्दानी भएको छ ।

    कोशी प्रदेशका इलाम, पाँचथर, झापा, धनकुटा, तेह्रथुमलगायत जिल्लामा उत्पादन हुने चिया मुख्यतः भारत निकासी हुने गरेको छ ।नेपाली चिया जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, जापान, भारत, चीन, अमेरिका, बेलायतलगायतका देशमा चिया निर्यात हुँदै आएको छ ।

    पछिल्लो समय समुद्रपार मुलुकमा नेपाली चिया लोकप्रिय भइरहेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।यसअघि आर्थिक वर्ष २०८०–८१ को पहिलो चार महिनामा ५७ लाख ७५ हजार किलोभन्दा बढी चिया निर्यात भएको थियो । त्यति चिया निकासीबाट डेढ अर्ब रुपैयाँ आम्दानी भएको तथ्यांक छ ।

    इलामको फिक्कलका चिया व्यवसायी दिनेश अग्रवालका अनुसार विषादी प्रयोग नगरिएको अर्ग्यानिक चियाको माग समुद्रपारका मुलुकमा बढेको छ ।चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २७ हजार हेक्टरमा चिया खेती हुन्छ । 

    त्यति क्षेत्रफलमा वार्षिक २३ हजार ७ सय ४५ मेट्रिक टन चिया उत्पादन हुन्छ । चिया खेतीमा १७ हजारभन्दा बढी किसान आवद्ध छन् । बोर्डका अनुसार नेपालमा वार्षिक करिब दुई करोड ८० लाख किलो चिया उत्पादन हुँदै आएको छ ।

    उक्त परिमाणमध्ये शून्य दशमलव ५० प्रतिशत चिया मात्र आन्तरिक बजारमा खपत हुने गरेको तथ्यांक छ । नेपालमा उत्पादित चियामध्ये करिब ९९ प्रतिशत कोशी प्रदेशमा उत्पादन हुन्छ ।

    नेपालमा अर्थोडक्स चिया उत्पादन गर्ने ३० र सिटिसी चिया उत्पादन गर्ने ३८ गरी ६८ वटा ठूला चिया उद्योग सञ्चालनमा छन् ।यसैगरी अर्थोडक्स चिया उत्पादन गर्ने एकसय ५० वटाभन्दा बढी साना प्रशोधन उद्योग सञ्चालनमा छन् ।पूर्वबाट उत्पादन सुरु भएको चिया पछिल्लो समय दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङ, ललितपुरलगायत जिल्लामा चिया खेती विस्तार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend