२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 रोकियो महामन्त्री गगनकुमार थापाको ‘ मेची–महाकाली संवाद यात्रा’ 


सञ्चार डबली
  • मंगलबार, माघ २३ २०८०
  • 8.2K
    SHARES

  • images
     रोकियो महामन्त्री गगनकुमार थापाको ‘ मेची–महाकाली संवाद यात्रा’ 


    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मेची–महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित गरेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराती निधन भएकाले उनले आफ्नो संवाद यात्रा स्थगित गरेका हुन् । 

    झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गर्दै तत्कालका लागि आफ्नो संवाद यात्रा रोक्ने जानकारी गराएका हुन् । नवलपरासीको प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा पुगेका थापाले आज बिहान आयोजित एक कार्यक्रममा सो जानकारी गराए । थापाले झापाबाट यही माघ १३ गते संवाद यात्राको थालनी गरेका थिए,भने यात्रालाई यही २६ गते धनगढीमा पुगेर समापन गर्ने कार्यक्रम तय थियो । 

    यात्राका क्रममा स्थानीय बासिन्दासँग विकास निर्माण, स्थानीय समस्या लगायतका विषयमा जनतासँग प्रत्यक्ष भेटेर छलफल गर्दै अभियानलाई अगाडि बढाएका थापाले स्थगित भएको यात्रालाई महासमितिको बैठकपछि पुनः समय मिलाएर निरन्तरता दिने थापाको सचिवालयले जनाएको छ। तर, कांग्रेसको ‘समुदायमा कांग्रेस यात्रा’ र संवाद यात्रा तत्काल रोकिए पनि फागुन ७, ८ र ९ गते हुने महासमितिको बैठकलगत्तै सुरु गर्ने थापाले जानकारी गराएका छन् । यही विषयमा औपचारीक निणर्य गर्न कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend