२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अधिक तरलताको व्यवस्थापन गर्न बजारबाट ४० अर्ब रुपैयाँ तान्दै केन्द्रीय बैंक


सञ्चार डबली
  • मंगलबार, माघ २३ २०८०
  • 7.9K
    SHARES

  • images
    अधिक तरलताको व्यवस्थापन गर्न बजारबाट ४० अर्ब रुपैयाँ तान्दै केन्द्रीय बैंक


    काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै छ । केन्द्रीय बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो । उक्त उयकरणमा आजै बोलकबोलन हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । 

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ४० अर्ब रुपैयाँ तान्न लागेको हो । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति फागुन ८ गतेलाई निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्ने केन्द्रिय बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend