२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

व्यवसायी अरुण चौधरीसहित ३ जना थप २ दिन थुनामा


सञ्चार डबली
  • मंगलबार, माघ २३ २०८०
  • 8.7K
    SHARES

  • images
    व्यवसायी अरुण चौधरीसहित ३ जना थप २ दिन थुनामा


    काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई काठमाडौं जिल्ला अदालतले थप २ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा अपचलन गरेको आरोपमा पक्राउ परेका आरोपीहरुका कानून व्यवसायीको बहसपछि सोमबार अदालतले थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    प्रहरीले व्यवसायी चौधरीसहित बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष संजय ठाकुरलाई गत बिहीबार पक्राउ गरेको थियो ।

    कारखानाको १० रोपनी जग्गा सीजी ग्रुप अन्तर्गतको एउटा कम्पनीको नाममा नामसारी भएको घटनामा तीन महिना लामो अनुसन्धानपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले चौधरी र थापालाई उनीहरुकै घरबाट नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको छ ।

    विस.२०४९ मा बाँसबारी छालाजुत्ता कारखाना बन्द भएको थियो । पछि चौधरी ग्रुपले कारखाना सञ्चालक समितिबाट निर्णय गराएर १० रोपनी जग्गासहित च्याम्पियन फुटवेयर कम्पनी प्रालिमा हक हस्तान्तरण गराएको थियो । २०५४ मा सो जग्गा प्रालिको नाममा नामसारी भएको पाइएको छ । पछि २०७५ देखि उक्त कम्पनी चाँदबाग रेसिडेन्सी प्रालिमा नाममा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend