२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

टीआरसी विधेयक यथास्थितिमा पास गर्न सकिने अवस्था छैन : अध्यक्ष ओली 


सञ्चार डबली
  • सोमबार, माघ २२ २०८०
  • 9.9K
    SHARES

  • images
    टीआरसी विधेयक यथास्थितिमा पास गर्न सकिने अवस्था छैन : अध्यक्ष ओली 


    काठमाडौं ।  बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि (टीआरसी) विधेयक यथास्थितिमा पास गर्न नसकिने पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । उक्त विधेयक एमालेले संसदबाट पास गर्न नदिने उनले स्पष्ट पारे । 

    महोत्तरीको जलेश्वरमा पार्टीको एक कार्यक्रममा सहभागी हुन आज आएका एमाले अध्यक्ष ओलीले जनकपुरधाम विमास्थलमा पत्रकारहरुसँगको कुराकानीमा सकेसम्म सहमतिबाट टीआरसी विधेयक टुङ्ग्याउँदा सबैको हित हुनेतर्फ जोड दिए । उनले विधेयकमा समेटिएका केही कुराले पीडितलाई न्याय भन्दा थप पीडा थप्ने अवस्था आउने उल्लेख गर्दै सबैको सममतिमा मिलाएर मात्रै विधेयक पारित गराउनेमा आफूहरु रहेको स्पष्ट पारे । 

    ‘मस्यौदामा केही कुरा मिलेका छैनन् । त्यही कुरालाई मिलाएर पास गर्नुपर्छ भन्ने कुरा भैरहेका छन् ।’ एमालेले विधेयक किन यथास्थितिमा पारित गर्न  नदिने अडान लिएको भन्ने प्रश्नमा उनले थपे, ‘हामी नमिल्नुपर्ने कारण नै छैन । पीडितहरुले न्याय पाउनुपर्यो । विधेयक पीडित केन्द्रीत हुनुपर्यो, पीडितलाई पीडा थप्नु भएन । पहिल्यै पीडित छँदैछन्, अब फेरी उनीहरुलाई दबाएर जानु राम्रो हुँदैन । अन्तर्राष्ट्रिय समुदायले स्वीकार्नेगरी, सर्वोच्च अदालको फैसला समेतलाई ध्यान दिएर मानवता विरुद्धका जघन्य अपराधहरुमा छुट नहुनेगरी र फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले सहमति हुनुपर्छ ।’

    माओवादी केन्द्रको संसदीय दलको बैठकले यही अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने विषयमा छलफल गरेलगत्तै ओलीको यस्तो धारणा आएको हो । ओलीले केन्द्रले ऐन नबनाउँदा प्रदेशमा प्रहरी समायोजन हुन नसकेको भनेर मुख्यमन्त्रीहरुले ज्ञापनपत्र बुझाएको सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रदेशले ऐनका कारण कामै गर्न नसकेको भन्दापनि आफ्नो मान्छे भर्ती गर्नलाई प्रदेश नेतृत्वले हतारो देखाएको टिप्पणी गरे । उनले राजनीति गर्नेले प्रहरी चलाउँदा धेरै बिग्रिएको भन्दै प्रहरीलाई नेता र मन्त्रीको अधिनमा भन्दा पनि स्वतन्त्र रुपले आफ्नै ढंगले चल्न दिनुपर्नेमा जोड दिए ।

    ओलीले भने, ‘समायोजन गर्नुपर्छ तर पुलिस नभएर रोकियो भन्ने होइन । आफ्ना मान्छे पुलिसमा भर्ना गर्न पाइएन भनेर हुनसक्छ । पुलिस नै नभएको त होइन नी ।’ उनले थपे,‘पुलिसलाई आफ्नै ढंगले चलाउने परिपाटी बन्न दिनुपर्छ ।’फरक प्रसंगमा पुर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो समयको सक्रियताबारे सोधिएको प्रश्नमा शाहले नयाँ पार्टी खोल्ने पृष्ठभुमीको तयारी गर्न थालेकोतर्फ संकेत गर्दै पार्टी नै खोलेपनि त्यो ठूलो कुरा नभएको टिप्पणी गरे । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend