२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सामान्य घट्यो रुरु जलविद्युत परियोजनाको नाफा


सञ्चार डबली
  • सोमबार, माघ २२ २०८०
  • 8.3K
    SHARES

  • images
    सामान्य घट्यो रुरु जलविद्युत परियोजनाको नाफा

     

    काठमाडौं । रूरू जलविद्युत् परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको यसैअवधिमा भन्दा १.११ प्रतिशतले घटेको हो ।

    कम्पनीले गत वर्षको यसै अवधिमा ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ०.१८ प्रतिशतले घटेर ९ करोड १३ लाख रुपैयाँमा झरेको कम्पनीले जनाएको छ ।

    कम्पनीको नाफा सामान्य घट्नुमा खुद नाफमा पनि मुख्य असर परेको हो । कम्पनीको विद्युत् बिक्री आम्दानी गत वर्षको यसै अवधिमा ९ करोड १५ लाख रहेकोमा अहिले ९ करोड १३ लाख रहन पुग्यो भने बिक्री लागत पहिले २ करोड ८ लाख रहेकोमा अहिले २ करोड ३१ लाख रुपैयाँ पुग्यो ।

    साथै कम्पनीले पोस्टेड रेटअन्तर्गतको अतिरिक्त ७ करोड ५९ लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणसँग लिन बाँकी रहेको स्पष्ट पारेको छ । दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ६७ पैसा छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend