२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदर, घट्यो युरो र पाउण्डको भाउ


सञ्चार डबली
  • सोमबार, माघ २२ २०८०
  • 7.7K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदर, घट्यो युरो र पाउण्डको भाउ


    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोको भाउ घटेको छ ।

    आइतबार ७ पैसाले घटेको अमेरिकी डलरको भाउ आज भने स्थिर रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको छ । आइतबार पनि सोहीमूल्यमा यसको खरिदबिक्री भएको थियो ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ७९ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४३ पैसा तोकिएको छ। यो मूल्य आइतबारको तुलनामा १ रुपैयाँ २८ पैसाले घटेको हो। आइतबार युरोको खरिददर १४४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७२ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, आइतबार १ रुपैयाँ ०६ पैसाले बढेको बेलायती पाउण्ड सटर्लिङ भने सोमबार १ रुपैयाँ ६९ पैसाले घटेको हो । आज बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रूपैयाँ २२ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । आइतबार यसको खरिददर १६८ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६८ पैसा तोकिएको थियो ।

    यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ २३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ६२ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

    उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९२ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९६ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८९ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९३ पैसा कायम गरेको जनाइएको छ ।

    यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ ०७ पैसा र बिक्रीदर २८ रूपैयाँ १९ पैसा कायम गरेको छ ।

    साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ १५ पैसा र बिक्रीदर ४३२ रूपैयाँ १० पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend