२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसुची


सञ्चार डबली
  • सोमबार, माघ २२ २०८०
  • 8.9K
    SHARES

  • images
    संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसुची

    काठमाडौं । संघीय संसदको हिउँदे अधिवेसन आजबाट सुरु हुँदैछ । यो आमनिर्वाचनपछिको तेश्रो अधिववेशन हो । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका छन् । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

    त्यस्तै, बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने सङ्घीय सचिवालयले जनाएको छ । त्यसपछि बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नेछन् भने बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ ।

    बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेश गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

    सांसदहरूले हिउँदे अधिवेशनमा संविधानबमोजिम निर्माण हुन बाँकी रहेका कानूनहरू बनाउनुपर्नेमा तदारुकता देखाएका छन् भने सरकारले पनि संसद्लाई बिजनेसको अभाव नहुने भनिरहेको छ । हिउँदे अधिवेशनबारे बोल्दै आइतबार सभामुख देवराज घिमिरेले सरकारले हिउँदे अधिवेशनमा बिजनेसको अभाव नहुने जानकारी गराएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend