२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कनमा धादिङको बेनीघाट रोराङ गाउँपालिका प्रथम


सञ्चार डबली
  • आइतबार, माघ २१ २०८०
  • 9.7K
    SHARES

  • images
    स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कनमा धादिङको बेनीघाट रोराङ गाउँपालिका प्रथम

    आइतवार, माघ २१, २०८०

    धादिङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस २९ गते सूचना जारी गर्दै स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि अनुसार स्व-मूल्यांकन गरी माघ पहिलो हप्ताभित्र सार्वजनिक गरिसक्न निर्देशन गरेको थियो । यो निर्देशन अनुसार समग्र अवस्था, प्रक्रियागत अवस्था र परिणामगत अवस्था गरी तीन वटा सूचकहरूको अधारमा भएको स्व-मूल्याङ्कनमा धादिङका पालिकाहरु मध्य बेनीघाट रोराङ गाउँपालिका आर्थिक बर्ष २०७९/८० को स्थानीय तह संस्थागत स्वमुल्यांकनमा पहिलो भएको छ।

    स्व-मूल्याङ्कन नतिजा

    धादिङका १३ वटा स्थानीय तह मध्य बेनीघाट रोराङ गाउँपालिकाले ९९.७५ प्रतिशत अंक ल्याएको छ भने दोस्रो भएको नीलकण्ठ नगरपालिकाले ९७ प्रतिशत र ज्वालामुखी गाउँपालिका ९२.५ अंक ल्याएर तेस्रो भएको छ । चौथोमा धुनीबेसी गाउँपालिका र सिद्धलेक गाउँपालिकाले सामान ८४ प्रतिशत अंक ल्याएका छन्, त्यसैगरी पाँचौ खनियावास गाउँपालिका ८०.५ प्रतिशत, छैटौ गंगाजमुना गाउँपालिका ७८.२५ प्रतिशत, सातौ गल्छी गाउँपालिका ७६.७५ प्रतिशत, आठौं थाक्रे गाउँपालिका ७१.७५ प्रतिशत र नवौमा नेत्रावती डवजोङ गाउँपालिका ७१.५ प्रतिशत अंक ल्याएका छन् भने यो निर्देशन अनुसार धादिङका तीन पालिका रुबीभ्याली गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र गजुरी गाउँपालिकाले स्व-मूल्याङ्कन नतिजा सार्वजनिक गरेको देखिएको छैन ।

    कसरी हुन्छ मूल्यांकन ?

    स्थानीय तहले कसरी काम गरिरहेका छन् भनेर त्यसको मूल्यांकन स्वयंबाट गराउने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७’ जारी गरेको थियो । कार्यविधिले स्वमूल्यांकनका विभिन्न १० वटा विषयक्षेत्र र तीन सूचक निर्धारण गरेको छ । ती विषयक्षेत्र र सूचकहरूमा स्थानीय तह स्वयंले आफ्नो स्थिति मूल्यांकन गर्छन् ।

    स्वमूल्यांकनका लागि कार्यविधिले विभिन्न १० वटा विषयक्षेत्र निर्धारण गरेको छ । त्यसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वय छन् । यी छुट्टाछुट्टै विषयक्षेत्रहरूको अलगअलग पूर्णांक तोकिएको छ ।

    यी प्रत्येक विषयक्षेत्रलाई तीनवटा सूचकमार्फत मूल्यांकन गरिन्छ । ती सूचकहरू समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति छन् । समग्र स्थितिमा स्थानीय तहको समग्र अवस्था दर्शाउने सूचक, प्रक्रियागतमा स्थानीय तहको दैनिक प्रशासन र सेवा प्रवाह तथा स्थानीय सरोकारका विषय सम्बोधन हुने खालका प्रक्रियाउन्मुख सूचक र परिमाणात्मकमा तुलना गर्न, मापन गर्न र संख्यात्मक रूपमा उल्लेख गर्न सकिने प्रकृतिका नतिजामूलक सूचकहरू पर्छन् । यी सूचकहरूलाई क्रमशः २१, ३४ र ४५ प्रतिशत अंकभार दिइएको छ । स्वमूल्यांकन नतिजालाई स्थानीय तहको कार्यसम्पादन सूचकको आधारको रूपमा समेत उपयोग गर्न सकिने व्यवस्था कार्यविधिमा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend