२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

राजावादी–हिन्दुवादीहरुको एउटै मोर्चा बनाउनुपर्छ : अध्यक्ष  थापा


सञ्चार डबली
  • आइतबार, माघ २१ २०८०
  • 9.2K
    SHARES

  • images
    राजावादी–हिन्दुवादीहरुको एउटै मोर्चा बनाउनुपर्छ : अध्यक्ष  थापा


    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देनलाई एक बृहत मोर्चा निर्माण गर्दै एकताका लागि आब्हान गरेका छन् । आइतबार काठमाडौंमा आयोजित राप्रपा नेपालको सक्रिय सदस्यता अभियानको सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सबै राजावादी–हिन्दुवादीहरुलाई एउटै वृहत मोर्चामा आवद्ध हुन आग्रह गरे । 

    उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई अहिले एकताको उपयुक्त समय भएको उल्लेख गर्दै आफूहरु एकजुट बन्नुपर्ने बताए । उनले एकजुट हुनका लागि विशेष आग्रह मात्रै गरेनन् राजावादी र हिन्दुवादी शक्तिलाई एकबद्ध गरी राष्ट्रवादी आन्दोलनका लागि मोर्चा निर्माणको पहलकदमी नै राप्रपाले लिनुपर्ने बताए । 

    ‘म यही मञ्चबाट हिजो हामीसँगै काम गरेका साथीहरु अर्थात् राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विशेष रुपले आग्रह गर्न चाहान्छु,अहिले राजावादी हिन्दुवादी शक्तिहरुमा सबैभन्दा बलियो पार्टीको रुपमा राप्रपा रहेको छ । यो वृहद राष्ट्रिय मोर्चा निर्माणको क्रममा राप्रपा सबैभन्दा अगाडि आएर मोर्चा निर्माणको पहलकदमी लिनुपर्छ ।’

    थापाले राजावादी हिन्दुवादी शक्तिलाई गोलबद्ध गर्ने पहल राप्रपाले नगरे त्यसको जिम्मेवारी पनि उसैले लिनुपर्ने बताए । ‘राप्रपा अहिले सत्ताकेन्द्रीत क्षणिक स्वार्थमा लागेको देखिन्छ । यस्तो मोर्चा बन्न सकेन भने त्यसको सबैभन्दा ठूलो दोषपनि राप्रपालाई लाग्छ,’ थापाले भने । थापाले मोर्चा निर्माणमा आफूहरुको कुनै स्वार्थ र सर्त नभएको समेत उल्लेख गरे । 

    अध्यक्ष थापाले भने, ‘मोर्चा निर्माण गर्दा कुनै स्वार्थ र सर्त छैन । हामीलाई नेतृत्व पनि चाँहिदैन । हाम्रो  पार्टीको झण्डा प्रयोग गर्नुपर्छ भन्ने जरुरी छैन । सामूहिक नेतृत्व सबैको सहभागिता र राष्ट्रिय झण्डा बोकेर राष्ट्रवादी आन्दोलन गरौं भन्ने म आब्हान गर्न चाहन्छु । यो समयको बेगलाई अहिले हामीले पक्रन सकेनौं भने भोलि पश्चाताप गर्नुपर्ने समय आउँछ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend