२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 सामान्य अंकले घट्यो नेप्से परिसूचक


सञ्चार डबली
  • आइतबार, माघ २१ २०८०
  • 9.4K
    SHARES

  • images
     सामान्य अंकले घट्यो नेप्से परिसूचक


    काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार ५.३१ अंकले घटेको सेयर बजार २०६१.७० विन्दुमा आएर बन्द भएको छ । आज ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
     
    त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ११ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९४ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्तका लगानीकर्ताले ८ दशलमव २० प्रतिशतका दरले कमाएका छन् । भवगवती हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव ३७ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend