२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 विभिन्न आठओटा उपसमितिको संयोजकलाई  देउवाले दिए जिम्मेवारी  


सञ्चार डबली
  • आइतबार, माघ २१ २०८०
  • 7.5K
    SHARES

  • images
     विभिन्न आठओटा उपसमितिको संयोजकलाई  देउवाले दिए जिम्मेवारी  


    काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुनमा हुने महासमितिको बैठक तयारी गर्न मूल समितिका विभिन्न उपसमिति संयोजकहरू चयन गरेको छ ।  आगामी फागुन ७ गतेदेखि सुरु हुने कांग्रेस महासमिति बैठकको तयारी मूल समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले ८ वटा उपसमितिको संयोजक चयन गरी आइतबार जिम्मेवारी दिएका छन् ।

    जसअनुसार प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा उदय शमशेर राणा र यातायात व्यवस्थापन उपसमितिमा धना खतिवडा चयन भएका छन् । साथै स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर) चयन भएका छन् ।

    महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी संयोजकहरूले कुशलतापूर्वक निभाउने कुरामा सभापति देउवाले विश्वास व्यक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend