२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लक्ष्मी लघुवित्तको निष्क्रिय कर्जा बढ्यो, वितरणयोग्य नाफा कति ?


सञ्चार डबली
  • आइतबार, माघ २१ २०८०
  • 7.4K
    SHARES

  • images
    लक्ष्मी लघुवित्तको निष्क्रिय कर्जा बढ्यो, वितरणयोग्य नाफा कति ?


    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको पुस मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश ९.६३ प्रतिशत पुगेको छ । समयमै साँवा तथा ब्याज रकम उठाउन नसक्दा कम्पनीको निष्क्रिय कर्जा उच्च दरमा बढेको हो ।

    चालु आर्थि वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्तले २ करोड १५ लाख भन्दा बढी रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा यस कम्पनी २ करोड ४० लाख रुपैयाँ भन्दा बढी नोक्सानमा थियो ।

    सञ्चालन आम्दानी ३ करोड ४ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस कम्पनीले २ करोड ४० लाख ७८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको थियो । यता, खुद ब्याज आम्दानी भने १२.०२ प्रतिशतले घटेर १७ करोड ८९ लाख रुपैयाँमा झरेको छ।

    पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म वितरणयोग्य नाफा १ करोड ४७ लाख रुपैयाँ छ ।कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७५ पैसा छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ३५ पैसा छ । खराब कर्जा ९.६३ प्रतिशत छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend