२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदर, घट्यो डलरको भाउ


सञ्चार डबली
  • आइतबार, माघ २१ २०८०
  • 10.1K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदर, घट्यो डलरको भाउ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको भाउ घटेको छ भने युरोको भाउ बढेको छ ।

    आज अमेरिकी डलरको भाउ ७ पैसाले घटेर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको छ । शुक्रबार यसको खरिददर १३२ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०५ पैसामा कारोबार भएको थियो ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार युरोपियन युरोको एकको खरिददर १४४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७२ पैसा तोकिएको छ। यो मूल्य शुक्रबारको तुलनामा ९७ पैसाले बढेको हो। शुक्रबार युरोको खरिददर १४३ रूपैयाँ १० पैसा र बिक्रीदर १४३ रूपैयाँ ७५ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ आइतबार भने १ रुपैयाँ ०६ पैसाले बढेर एकको खरिददर १६८ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६८ पैसा कायम गरिएको छ । शुक्रबार यसको खरिददर १६७ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०८ पैसा तोकिएको थियो ।

    यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८४ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९९ रूपैयाँ ४२ पैसा कायम गरिएको छ ।

    उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ०३ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०८ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ तथा बिक्री दर १० रूपैयाँ ०४ पैसा कायम गरेको जनाइएको छ ।

    यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ ०७ पैसा र बिक्रीदर २८ रूपैयाँ १९ पैसा कायम गरेको छ ।

    साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ८३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend