२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सोनापुर मिनिरल्स एन्ड आयलले बोलायो साधारण सभा, कस्ता छन् एजेण्डा ?


सञ्चार डबली
  • आइतबार, माघ २१ २०८०
  • 7.7K
    SHARES

  • images
    सोनापुर मिनिरल्स एन्ड आयलले बोलायो साधारण सभा, कस्ता छन् एजेण्डा ?


    काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयलको वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभा माघ २६ गते होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ । सोनापुरले लाभांश प्रस्ताव बिना नै साधारण सभा बोलाएको हो ।

    सभामा प्रबन्धपत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यहरु थप गर्ने प्रस्ताव र कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्नका अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछ । कम्पनीले गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत अन्य विवरणहरुमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

    साथै, सभामा सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि यसले माघ १२ गते बुक क्लोज गरिसकेको छ । ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend