२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु


सञ्चार डबली
  • शनिबार, माघ २० २०८०
  • 9.1K
    SHARES

  • images
    अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    शनिबार, माघ २०, २०८०, रूपन्देही । शनिबार बिहानै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा लु १ ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको वडाअध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो ।

    जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्‍याइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend