२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

शान्ति मिसनमा लेबनानमा खटिएका एक नेपाली सेनाको मृत्यु


  • शुक्रबार, माघ १९ २०८०
  • 11.1K
    SHARES

  • images
    शान्ति मिसनमा लेबनानमा खटिएका एक नेपाली सेनाको मृत्यु

    काठमाडौं, १९ माघ । संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यका लागि लेबनानस्थित युनिफिल मिसनमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ ।

    मृत्य हुनेमा पुरानो गोरख गण ६४औँ डफ्फामा कार्यरत सिपाही सुवाश थापा रहेका छन् । उनको माघ १८ गते मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

    नेपाली सेनाका अनुसार थापा दोलखा निवासी हुन् ।

    थापा उक्त गण मुख्यालयको बङ्करमा स्ट्यान्डबाई ड्युटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागेर घाइते अवस्थामा फेला परेका थिए ।

    गण मुख्यालयमा रहेको युनिफिल लेभल १ अस्पतालमा उपचारका लागि लगिएकोमा उनको त्यहीँ निधन भएको थियो ।

    “स्वर्गीय सिपाही सुवाशको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको छ,” सेनाले जनाएको छ ।

    हाल उक्त मिसन तैनाथ रहेको लेबननको सीमावर्ती इलाकामा लडाइँ चलिरहेकाले त्यसको मनोवैज्ञानिक असरका अलवा अन्य कुनै कारणबाट उक्त घटना घटेको हो भन्ने बारेमा बुझ्ने कार्य भइरहेको सेनाले जनाएको छ ।

    यसअघि संयुक्त राष्ट्रसंघका विभिन्न शान्ति मिसनमा खटिदा ७३ जना नेपाली सेनाको मृत्यु भइसकेको छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend