२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको संकेत


  • शुक्रबार, माघ १९ २०८०
  • 11.7K
    SHARES

  • images
    बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको संकेत

    काठमाडौं, १९ माघ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी प्रकरणमा पक्राउ परेका अरुण चौधरीकाे परिवारकाे अन्य सदस्यलाई समेत पक्राउ गर्ने संकेत दिएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा ठगी प्रकरणमा पक्राउ परेका व्यक्तिहरूको विषयमा जानकारी दिने उद्देश्यले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत् सीआईबीले चौधरी ग्रुपका अन्य सदस्यहरूलाई समेत पक्राउ पर्न सक्ने संकेत दिएको हो ।

    सीआईबीले बाँसबारी छालाजुत्ताको जग्गा ठगी गर्ने विषयमा लामो अनुसन्धानपश्चात् मात्रै व्यवसायी अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखाना तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकूरलाई पक्राउ गरेकाे बताएकाे छ ।

    सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको नाममा भएको १० रोपनी जग्गा तत्कालीन श्री ५ सरकारको निर्णय बिना सञ्चालक समितिलाई समेत कारखानाको नाममा श्रेष्ता कायम भएको जग्गा बेचबिखन गर्ने अधिकार नभएको अवस्थामा कानून विपरित साे उद्याेगका तत्कालीन कार्यकारी अध्यक्ष थापाले अरुण चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी सो कम्पनीलाई कारखानाको १० रोपनी जग्गा हस्तान्तरण गरेकाे बताएकाे छ ।

    सो बेला कम्पनीको सेयरधनीमा अरुण मात्रै थिएनन् । सो कम्पनीको मुख्य सेयरधनीको रूपमा उद्योगी विनोद चौधरी पनि थिए । सीआईबीले अनुसन्धान गर्दै जाँदा तत्कालीन सेयरधनीहरू पनि अनुसन्धानमा तानिने सीआईबीको भनाइ छ । अहिले च्याम्पियन फुटवेयर कम्पनीकाे सेयरधनीका रूपमा अरूण र उनकी श्रीमती शिला चाैधरी भए पनि त्यतिबेला साे कम्पनीकाे सेयरधनीकारूपमा विनोदकुमार चौधरी, लुनकरणदास चौधरी, बसन्त कुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी थिए ।

    सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालकहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउने बताए । ‘हामीले अनुसन्धान गर्दै जाँदा जो-जो यो विषयमा जोडिन्छन् उनीहरूलाई पनि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउँछौं,’ उनले भने । उनकाे भनाइ अनुसार सीआईबीकाे अनुसन्धानमा सांसद तथा उद्योगी विनोदकुमार चौधरी पनि तानिन सक्छन् ।

    सीआईबीले तत्कालीन श्री ५ को सरकारलाई नोक्सानी पुर्याई आफूहरुले आर्थिक लाभ लिएको सम्बन्धमा साविक मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २७६ बमोजिम कसुर अनुसन्धानको लागि’ उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीकाे भनाइ छ । अहिलेसम्मका ठगी वा अन्य अपराधहरूमा संलग्न सबैलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने अभ्यास सीआईबीको छ । तर, यो घटनामा भने तत्कालीन सञ्चालक तथा सेयरधनीहरूलाई नजरअन्दाज गर्दै हालका प्रमुख सेयरधनी अरुण चौधरी मात्रै अनुसन्धानमा तानिएका छन् ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend