२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

जापान पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


सञ्चार डबली
  • शुक्रबार, माघ १९ २०८०
  • 7.5K
    SHARES

  • images
    जापान पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


    काठमाडौं। जापान पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा पालुङटार नगरपालिका–१ घर भएका ३० वर्षीय भरत भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । 

     भरतले १ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई होटलमा मासिक १ लाख ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुशीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend