२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

ड्युटीमा रहेका सर्लाहीमा ट्राफिक प्रहरीमाथि छुरा प्रहार


सञ्चार डबली
  • शुक्रबार, माघ १९ २०८०
  • 10.3K
    SHARES

  • images
    ड्युटीमा रहेका सर्लाहीमा ट्राफिक प्रहरीमाथि छुरा प्रहार


    काठमाडौं। सर्लाहीको नवलपुरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका ३ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि शुक्रबार बिहान करिब १० बजेको समयमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायको छ ।

    पूर्व पश्चिम राजमार्गस्थित ट्राफिक कार्यालय नवलपुर अगाडि नियमित चेकजाँचको क्रममा मोटरसाइकलमा सवार  व्यक्तिलाई  चेकजाँच गर्ने क्रममा मोटरसाइकल कागज पत्र साथमा नभएपछि ट्राफिक प्रहरी जवान महतोले चिट काट्न खोज्दा ट्राफिक प्रहरी जवानमाथि नै छुरा प्रहार भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिए ।

     पश्चिमबाट पूर्वतर्फ ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर १ घर भएका यमामुदिन देमानले चेकिङमा खटिएका ट्राफिक प्रहरी जवानलाई छुरा पहार गरेका हुन् । छुरा प्रहार गरी भाग्न खोजेका देमानलाई तत्काल पक्राउ गरी ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ । छुरा प्रहार गर्ने देमानलाई ज्यान मार्ने उद्योगमा मुद्दा  दर्ता गरिने प्रहरी उपरीक्षक प्रबिण धितालले जानकारी दिए ।

    घाइते ट्राफिक प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको छ । घाइते प्रहरी जवानलाई उपचारका लागी नेशनल मेडिकल कलेज वीरगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

      

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend