२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

वर्तमान सरकार सामान्य मूल्य मान्यतामा चल्न सकेन : अध्यक्ष ओली


सञ्चार डबली
  • शुक्रबार, माघ १९ २०८०
  • 8.6K
    SHARES

  • images
    वर्तमान सरकार सामान्य मूल्य मान्यतामा चल्न सकेन : अध्यक्ष ओली


    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सामान्य मूल्य मान्यतामा चल्न नसकेको बताएका छन् । बैङ्क, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका हुन् । ‘ यो सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट सरकार हो’, ओलीले भने । गठबन्धन सरकारले देशमा बेथिति निम्त्याएको उनले बताए ।

    ‘यो सरकार कानुन अनुसार चल्ने, कानुनी मूल्य मान्यता अनुसार चल्ने सरकार होइन, गैरकानुनी बेथितिसँग चल्ने सरकार हो, यसका दृष्टान्त जति दिए पनि कम हुन्छन्’, ओलीले भने ।

    गठबन्धनको कारण देश बरबाद भएको ओलीले बताए । अहिलेको सरकारका कारण देशको राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक अवस्था सबै खराब भएको ओलीले टिप्पणी गरे ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend