२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुनको भाउ पाँचौं दिन पनि बढ्यो, आजको मूल्य कति छ ?


सञ्चार डबली
  • शुक्रबार, माघ १९ २०८०
  • 10.4K
    SHARES

  • images
    सुनको भाउ पाँचौं दिन पनि बढ्यो, आजको मूल्य कति छ ?

    काठमाडौं । नेपाली बजारमा सुनको भाउले लगातार पाँचौ दिन पनि बढ्ने क्रममा निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ३०० रुपैयाँले बढेको हो । यसअघि सोमबार, मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः ३००–३००–१०० र ५०० रुपैयाँले बढेको थियो ।

    त्यसैगरी नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

    यसअघि, बिहीबार छापावाल सुन १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend